logo

२०८२ असार २८ शनिबार

logo
  • शनिबार, २८ असार २०८२
  • विद्युत् प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने

    विद्युत् प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने

    3.1K
    SHARES
    विद्युत् प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ ।



    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् । उनले भने, ‘आजैदेखि भारु २० अर्थात ३८ रुपैयाँ नेपालीमा विद्युत खरिद गर्न प्रतिष्पर्धामा भाग लिँदैछ ।’ भारतले विद्युत आपूर्ति रोकेपछि मंगलबार साँझदेखि देशभरका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुँदै आएको छ ।

    यसअघि प्रतियुनिट भारु ७ मा नेपालले भारतसँग बिजुली खरिद गर्दै आएको थियो । मंगलबार र बुधबारको दुई वटा प्रतिष्पर्धामा नेपालले बोलकबोल गरेको भन्दा महँगोमा भारतीयले नै बिजुली किनेपछि नेपालतर्फको आपूर्ति रोकिएको थियो ।


    अर्थ चाैतारी
  • बिहिबार, १० चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved