logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • नेपालले पनि स्वीकार गर्यो भारतको भुक्तानी प्रणाली यूपीआई

    नेपालले पनि स्वीकार गर्यो भारतको भुक्तानी प्रणाली यूपीआई

    8.2K
    SHARES
    नेपालले पनि स्वीकार गर्यो भारतको भुक्तानी प्रणाली यूपीआई

    काठमाडौँ । नेपालले डिजिटल कारोबारका लागि भारतले विकास गरेको एकीकृत भुक्तानी प्रणाली (यूपीआई) स्वीकार गरेको छ। भारतको सरकारी मुखपत्रको पछिल्लो संस्करणमा नेपालले भारतीय भुक्तानी प्रणाली स्वीकार गरेको उल्लेख छ।



    अघिल्लो वर्ष यसमा भुटान पनि जोडिएको थियो। भुटानले पनि भिम यूपीआईमा आधारित डिजिटल कारोबार सुरु गरेको थियो। ‘धेरै देशहरुले कोविन एपको प्रशंसा गरेका छन् जुन पहिलो कोभिड लहरका बेला खोपका लागि बनाइएको थियो र नेपालले अहिले भारतको यूपीआई डिजिटल कारोबारका लागि ग्रहण गरेको छ। यसले तत्काल व्यक्ति–व्यक्ति (पी-पी) कारोबार हुने र व्यक्ति र मर्चेन्ट (पी२एम) कारोबारलाई प्रवर्द्धन गर्नेछ’, भारतीय प्रेस इन्फरमेसन ब्युरोले आर्टिकलमा भनेको छ।

    यूपीआई भारतमा सन् २०१६ मा लन्च गरिएको थियो। आधिकारिक तथ्यांकअनुसार भारत इन्टरफेस फर मनि युनिफाइड पेमेन्ट्स इन्टरफेस (भिम यूपीआई) भारतमा लोकप्रिय बन्दै आएको छ। यसअन्तर्गत फेब्रुअरी २८ सम्म ८.२७ लाख करोड भारुको ४ खर्ब ५२ अर्ब ७५ करोड भुक्तानी कारोबार भएको बताइएको छ।


    अर्थ चाैतारी
  • बिहिबार, १० चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved