logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • नयाँ सारथी लघुवित्तको वार्षिक साधारणसभा वैशाख १० मा, बुक क्लोज कहिले ?

    नयाँ सारथी लघुवित्तको वार्षिक साधारणसभा वैशाख १० मा, बुक क्लोज कहिले ?

    6.3K
    SHARES
    नयाँ सारथी लघुवित्तको वार्षिक साधारणसभा वैशाख १० मा, बुक क्लोज कहिले ?

    काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ।

    कम्पनी सञ्चालकस मितिको शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित संस्थाको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० रहेका छन्।

    सभाले एफपीओ निष्कासनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। एफपीओ र बोनस सेयर जारीपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    संस्थाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत २३ गतेदेखि आउँदो वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ यही चैत २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


    अर्थ चौतारी
  • आइतबार, १३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved