logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • शाओमी १२ प्रोको प्रि-बुकिङ खुल्ला, के छन् विशेषतारु

    शाओमी १२ प्रोको प्रि-बुकिङ खुल्ला, के छन् विशेषतारु

    7.1K
    SHARES
    शाओमी १२ प्रोको प्रि-बुकिङ खुल्ला, के छन् विशेषतारु

    काठमाण्डौ । स्मार्टफोन कम्पनी शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ।

    प्रि बुकिङ चैत १५ सम्म खुल्ला हुने कम्पनीले जनाएको छ। प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ। उपभोक्ताहरुले यो फोन किन्दा ५ हजार रुपैयाँ क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन्।

    शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जीबीमा १ लाख १४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ। यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन्। यसमा केही त्यस्ता विशेषताहरु छन् जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषता मध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो।

    नेपालमा शाओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ। शाओमी १२ प्रोमा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले छ। यो १२ जीबीप्लस २५६जीबीको स्टोरेजमा उपलब्ध छ। ८ जेन १ स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० एमपीको मेन क्यामेरा र ५० एमपी टेलिफोटो प्लस ५० एमपी वाइड एंगलको सेकेन्डरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ।

    यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ। तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ। सेल्फीको लागि यसमा घद्द एमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ। शाओमी १२ प्रो तपाईंहरुको नजिकैको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला छ र मार्च ३० देखि बिक्री सुरु हुनेछ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र १३, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट