logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  सम्पन्न

    अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  सम्पन्न

    6.5K
    SHARES
    अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  सम्पन्न

    काठमाडौं । प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको छ । विश्व वित्तिय सप्ताहअन्तरर्गत प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको हो ।

    प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा  ग्लोबल मनिविक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्न नेपालमा पहिलो पटक अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको हो । कार्यक्रम नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनिविक २०२२ मा पूँजीबजार तर्फका संयोजक डा। नवराज अधिकारीको प्रमुख अतिथिमा भएको थियो । यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरी पराजुली  विशेष अतिथि रहेका थिए ।

    प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली सभापतित्वमा भएको प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिएतहका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । प्रतियोगितामा १२५ अंकसहित काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) प्रथम भएको थियो भने ८५ अंकसहित साउथ एशियनइन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम) कलेज दोश्रो तथा तेस्रोमा ७५ अंकसहित एपेक्स कलेज र युनिग्लोब कलेजबीच टाई भएकोमा थप प्रश्नको सही उत्तर दिएर एपेक्स कलेज तेश्रो भएको थियो ।

    प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार बराबरको प्रभु सेलेक्टफण्डको युनिटगरिएको छ भने दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्टफण्डको युनिट प्रदान गरिएको छ । यसैगरी तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्टफण्डको युनिट प्रदान गरिएको छ । यस्तै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिएको प्रभु क्यापिटलले जनाएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट