images

नेप्से ४१.४३ अंकले ओरालो, ४ अर्ब ९८ करोडको कारोबार

  • चैत्र १३ २०७८, आईतवार
images

काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४१ अंकले घटेको छ । नेप्से परिसूचक ४१ दशमलव ४३ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५५ अंकले घटेको छ ।

कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ६२ हजार १६४ कारोबारबाट ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रुपैयाँ पुगेको छ ।

images

बीमा कम्पनीहरुको मूल्य बढ्यो
समग्रमा बजार घटे पनि बीमा कम्पनीहरुको सेयर मूल्य भने बढेको छ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निणर्य गरेको छ । समितिको निणर्य अनुसार हाल २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको जीवन बीमा कम्पनीहरुले ५ अर्ब र हाल १ अर्ब रुपैयाँमात्रै चुक्ता पुँजी तोकिएका निर्जिवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनु पर्नेछ ।

बीमा समितिको पुँजी वृद्धिको निणर्य पछि धेरै निर्जिवन बीमा कम्पनीहरुको सेयर मूल्य बढेको छ । सानिमा जनरल इन्स्यारेन्स, जनरल इन्स्यारेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, अजोड इन्स्यारेन्स लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

images