logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • स्थानीय निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाता

    स्थानीय निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाता

    7.3K
    SHARES
    स्थानीय निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाता

    काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ । बैशाख ३० गते हुने चुनावका लागि मतदाता नामावली माथिको दावी विरोधपछि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ कायम भएको एक आयुक्तले जानकारी दिए ।

    अन्तिम मतदाता विवरण आयोगको वेवसाइट मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले यसअघि मतदाता नामावलीमाथि दावी विरोधका लागि प्रत्येक जिल्ला निर्वाचन कार्यालय तथा स्थानीय तहमा मतदाताको सूची टाँस गरेको थियो । आयोगको निर्वाचन कार्यतालिका अनुसार आगामी स्थानीय तह निर्वाचनका लागि  बैशाख ११ देखि १२ गतेसम्म उमेदवार मनोनयन पत्र दर्ता गर्ने, बैशाख १२ गते नै साँझ ५ बजेदेखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गर्ने, बैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उमेदवारमाथिको दावी विरोधको समय तोकिएको छ ।

    यस्तै बैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच गर्ने, बैशाख १५ गते उमेदवारको नामावली प्रकाशन गर्ने,  बैशाख १६ गते उमेदवारले नाम फिर्ता लिने र १६ गते नै उम्मेदवारी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै बैशाख १७ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने बैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved