images

५५ लाख नगद र ५३ थान चेकसहित महोत्तरीमा २ जना पक्राउ

  • चैत्र १३ २०७८, आईतवार

महोत्तरी । स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित महोत्तरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ। उनीहरुबाट ५५ लाख रुपैयाँ नगदका अतिरिक्त चेक समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरुमा औरही नगरपालिका-२ बस्ने २१ वर्षीय धीरज कुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। ज ९ प ८२४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले औरही नगरपालिका-१ औरहीस्थित सडकबाट पक्राउ गरेको हो। उनीहरुको साथमा नगदका अतिरिक्त विभिन्न बैंकका ५३ थान चेक समेत भेटिएको प्रहरीले जानकारी दिएको छ।

images

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

images