logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • गोडरेजले ल्यायो नयाँ वर्ष अफर

    गोडरेजले ल्यायो नयाँ वर्ष अफर

    5.9K
    SHARES
    गोडरेजले ल्यायो नयाँ वर्ष अफर

    काठमाण्डौ । रेफ्रिजरेटर ब्रान्ड गोडरेजले नयाँ बर्षलाई लक्षित गरी ‘गेट सेट गोडरेज’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजले होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना चैत १३ गतेदेखि सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।

    ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २१५ सम्मका छुट र आकर्षक उपहारहरु पाउन सक्नेछन्। फ्रोन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै २ केजी एरियल वशिङ पाउडर पनि पाउन सक्नेछन् । यसैगरी माईक्रोवेभ ओवनमा आकर्षक छुटको साथै कूकिङ किट उपहार पाउन सकिनेछ। त्यस्तै गरी रेफ्रिजरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।

    साथै एसीमा आकर्षक छुट र रु ४,००० बराबरको निस्सुल्क एसि जडान सुबिधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको जनाएको छ। नेपालभर गोडरेजको ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।


    अर्थ चौतारी
  • सोमबार, १४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट