logo

२०८१ चैत्र ७ शुक्रबार

logo
  • शुक्रबार, ७ चैत्र २०८१
  • बैंकहरुको सीडी रेसियो सीमा भन्दा माथि, निक्षेप बराबर नै कर्जा लगानी

    बैंकहरुको सीडी रेसियो सीमा भन्दा माथि, निक्षेप बराबर नै कर्जा लगानी

    3.6K
    SHARES
    बैंकहरुको सीडी रेसियो सीमा भन्दा माथि, निक्षेप बराबर नै कर्जा लगानी

    काठमाडौं । चैत दोस्रो साता पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन दयनीय देखिएको छ । बैंकर्स संघका अनुसार पछिल्लो साता २७ वाणिज्य बैंकको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत भन्दा माथि छ ।

    नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । तर अधिकांश बैंकले सीडी रेसियोलाई सीमाभित्र कायम राख्न सकेका छैनन् । पछिल्लो एक सातामा बैंकको निक्षेप संकलन र कर्जा लगानी बराबर देखिएको छ । ४ चैतसम्म २७ वाणिज्य बैंकको निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ थियो । ११ चैतसम्म निक्षेप जम्मा २ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि एक सातामा २ अर्ब रुपैयाँले नै बढेको छ ।

    संघले दिएको जानकारी अनुसार ४ चैतमा ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप ११ चैतमा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । ३० फागुनमा बैंकहरुमा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो भने ४१ खर्ब ७२ अर्ब रुपैयाँ ऋण लगानीमा थियो ।


    अर्थ चौतारी
  • सोमबार, १४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved