logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • इटहरीमा खुल्यो रियलमीको आधिकारिक सर्भिस सेन्टर

    इटहरीमा खुल्यो रियलमीको आधिकारिक सर्भिस सेन्टर

    3.1K
    SHARES
    इटहरीमा खुल्यो रियलमीको आधिकारिक सर्भिस सेन्टर

    काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले इटहरीमा अर्को नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र खोलेको छ। रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले इटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरेका हुन्।



    सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै गिरीले मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए। रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट ग्राहक सेवा र बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे। पहिलो आधिकारिक सर्भिस सेन्टर सीटीसी मल, सुन्धारा काठमाडौँमा अवस्थित छ।

    रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकहरुमाझ बिक्रीपछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ। सर्भिस सेन्टरमार्फत सफ्टवेयर सम्बन्धि सेवा, पार्टपूर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैर मान्य स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदान गरिनेछ।

    जगदम्बा मोबाइलका नेशनल सेल्स हेड कुनाल सिंहका अनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर खोलिएको हो। उनका अनुसार विराटनगर, धरान, बिर्तामोड लगायतका ग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवा लिन सक्ने बताए। रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरुमध्ये सर्भिस रिटर्न रेटमा कम रही अग्रणी सेवा दिने दाबी गरेको छ।


    अर्थ चौतारी
  • सोमबार, १४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved