logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • स्किल वीक २०२२ को समापन समरोहमा ४ बिधामा नबिल स्किल हिरोको घोषणा

    स्किल वीक २०२२ को समापन समरोहमा ४ बिधामा नबिल स्किल हिरोको घोषणा

    1.9K
    SHARES
    स्किल वीक २०२२ को समापन समरोहमा ४ बिधामा नबिल स्किल हिरोको घोषणा

    काठमाण्डौ । स्किल वीक २०२२,तेस्रो संस्करण सम्पन्न भएको छ । आईतवार सोल्टी होटेलमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए। स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिश गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दो सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म सन्चालन भएको थियो ।

    यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रविधि रहेका थिए । यसैबिच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई नबिल स्किल हीरो अवार्ड २०२२ उपाधीबाट सम्मानित गरेको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्षरएमडी लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको थियो किनभने उनी पर्यटनको क्षेत्रमा प्रभावशाली ब्यक्तित्वका रुपमा चिनिएका छन् । त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणकालागि किरण मानन्धरलाई पनि सम्मान गरिएको थियो ।

    उनी विगत पाँच दशकदेखि नेपालमा समसामयिक कला क्षेत्रमा प्रख्यात छन् । उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरियो । विज्ञान र प्रविधि क्षेत्रका लागि, तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चीरा मोतिया बिन्दुको शल्यक्रिया गरेर अफ्रिका र एसियाभरका १ लाख ८०,००० भन्दा बढी मानिसको आँखाको ज्योति पुनर्स्थापना गर्ने प्रयासको लागि सम्मान गरिएको थियो। नबिल स्किल हिरो – सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको थियो ।

    सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२२ नामक कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवंम् नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग दर्शन प्रदान गर्न २ प्यानल छलफल सन्चालन गरिएको थियो । यस कार्यक्रम नबिल बैंकसँगको साझेदारीमा सन्चालन भएको थियो । साथै रणनीतिक साझेदारका रूपमा वाग्मती प्रदेश, भारतीय राजदूतावास, दक्छयता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् – सिटिभीटि, एफएनसीसीआइ ९स्टार्टअप र इनोभेसन समिति ज्ञान साझेदारको रूपमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्कः आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटलः एयरलाइन्स साझेदारहरूको रूपमा टर्किस एयरलाइन्स र नेपाल एयरलाइन्सः साझेदारका रूपमा नेपाल टेलिकम, होन्डा, गोल्छा ग्रुप तथा माइक्रोसफ्टः मनोरञ्जन साझेदारको रूपमा नेपाल आइसः र अन्य सहयोगीहरू राष्ट्रिय वाणिज्य बैंक, डिश होम गो, राष्ट्रिय र रिलायन्स लाइफ इन्स्योरेन्स, पिक न् ड्रप, तथा कोजी होम रहेका थिए ।


    अर्थ चौतारी
  • सोमबार, १४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट