logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • फाइभजीको सम्भावित क्षेत्र पहिचान गर्दै दूरसञ्चार प्राधिकरण,अध्ययनका लागि छुट्यायो ५० लाख

    फाइभजीको सम्भावित क्षेत्र पहिचान गर्दै दूरसञ्चार प्राधिकरण,अध्ययनका लागि छुट्यायो ५० लाख

    7K
    SHARES
    फाइभजीको सम्भावित क्षेत्र पहिचान गर्दै दूरसञ्चार प्राधिकरण,अध्ययनका लागि छुट्यायो ५० लाख

    काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजी प्रयोगका लागि आवश्यक क्षेत्र पहिचान गर्न परामर्शदाता नियुक्ति गर्ने भएको छ ।

    फाइभजीको सम्भावित क्षेत्र पहिचान तथा फाइभजी विस्तार गर्ने कार्यक्रमको गुरु योजना तयार गर्नेगरी प्राधिकरणले परामर्शदाता आह्वान गरेको थियो । आह्वान मध्ये पहिलो चरणमा चार कम्पनी छनोट भएका छन । प्राधिकरणले एक सूचना जारी गर्दै परामर्श सेवा प्रदायक कम्पनीहरूसँग आशय पत्रको माग गरेको थियो । आशयपत्र बुझाउने मध्येबाट पहिलो चरणमा चार कम्पनी छनोट भएका हुन् ।

    छनोट हुनेमा टेलि ग्लोब सोलुसन प्रालि, जेभी ट्यानजेन्ट कन्सल्ट्यान्ट ग्रुप, इन्क्लुसिभ एभ्रेस्ट र एभरेस्ट टेलिकम एण्ड आईटीको जेभी, महारुद्र एक्ज्युकेटिभ र महारुद्र ग्रुपको जेभी रहेका छन् । छनोट भएका यी चार कम्पनीबाट आएको आर्थिक तथा प्राविधिक प्रस्तावको आधारमा अन्तिममा एक कम्पनी छनोट हुनेछ । छनोट हुने कम्पनीले विभिन्न क्षेत्रमा फाइभजी प्रयोग बढाउन तथा फाइभजीका लागि आवश्यक गुरुयोजना तयार गर्ने काम गर्नेछ ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र १४, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट