लम्कीचुहा नगरपालिकाको ६ करोडको लागतमा बनेको प्रशासनिक भवनको उद्घाटन (फोटो फिचर)

  • चैत्र १४ २०७८, सोमबार

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको नवर्निमित प्रशासनिक भवनको सोमाबार एक भब्य समारोहका बिच उद्घाटन गरीएको छ ।

नगरपालिकाको करिब ३ करोड ९२ लाख र थप सवा २ करोड संघिय सरकारको लागतमा नगरपालिकालको सुविधा सम्पन्न प्रशासनिक भवन निमार्ण गरीएको हो । दुई चरणमा निमार्ण गरीएको भवनमा संघिय सरकारले पहिलो तला सम्म र नगरपालिकाको थप लगानिमा तिन तला थप गरीएको छ । नगरपालिकाले २०७४ मा करिब ३ करोड ४५ लाखमा सम्झौता गरेपनि कोराना महामारीका कारण लागत बढ्न गएको नगरपालिकाले जनाएको छ ।

images

नव निर्मित भवनमा सुविधा सम्पन्न नगरप्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष व्यवस्थापन गरीएको छ । यस अघि नगरपालिकाको कार्यालय भाडाको घरमा रहेकोमा गत पुषबाट आफ्नै भवनमा सरेको थियो । नगरप्रमुख महादेव बजगाईका अनुसार गत फागुनमा पूर्ण रुपमा भवन हस्तान्त्रण भएपछि एक कार्यक्रम गरेर उद्घाटन गरीएको बताए।

नगरपालिकाकाे भवनकाे उद्घाटन कैलाली क्षेत्र नम्बर २ का प्रतिनिध सभा सांसद झपट रावल र जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहादुर थापाले गरेका थिए । सांसद रावलले नगरपालिकालाई बधाई दिदै जनचाहना अनुसारको काम गरेकोमा धन्यवाद दिए । नगरपालिकाले विभिन्न रुपमा सहयोग गर्ने व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । भवन उद्घाटन कार्यक्रममा चर्चित गाएक बद्री पंगिनि लगाएका राष्ट्रिय तथा स्थानिय कलाकारहरुले सांगितिक प्रस्तुति गरेका थिए । कार्यक्रममा नगारपालिकामा कार्यरत कर्मचारी तथा स्थानियहरुको उल्लेख्य सहभागित रहेको थियो ।

May be an image of 7 people and people standing

May be an image of 4 people

May be an image of 3 people

May be an image of 6 people and people sitting

May be an image of 6 people

May be an image of 4 people and people standing

May be an image of one or more people and people standing

May be an image of 3 people, people sitting and people standing

May be an image of 7 people and sky

May be an image of 6 people and people standing

May be an image of 6 people and people standing

May be an image of 8 people and people standing

May be an image of 9 people and people standing

May be an image of 1 person and standing

May be an image of 9 people and people standing

May be an image of 4 people and people standing

May be an image of 7 people and people standing

 

images