logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

    राष्ट्रिय वाणिज्य बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

    1.5K
    SHARES
    राष्ट्रिय वाणिज्य बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्देश्यले बैंकले देशभरीका सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

    चैत्र ७ गतेदेखि १३ गतेसम्म ग्लोबल मनी विक सञ्चालन गरिएको हो । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

    नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरिका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक हप्तासम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।


    अर्थ चौतारी
  • मंगलबार, १५ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved