logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

    सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

    2.1K
    SHARES
    सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौँ । सानिमा बैंक गोकर्णेश्वर कार्यालयले यही चैत १२ गते ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

    शान्ति फाउन्डेसन गैर सरकारी संस्था जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो।

    शान्ति फाउन्डेसनले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङ्गको महत्व बुझाएकोमा बैंकलाई धन्यवाद ज्ञापन गरेको छ। सानिमा बैंकले यसै गरी देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजन गर्दै आइरहेको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा रहेका छन्।


    अर्थ चौतारी
  • मंगलबार, १५ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved