images
images

उपकार लघुवित्तले चैत २५ मा आईपीओ जारी गर्ने

  • चैत्र १६ २०७८, बुधबार
images

काठमाडौं । उपकार लघुवित्तले चैत २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्ने छ। यो मध्ये ५५ अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०‍.५५ अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

images