काठमाडौँ । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ ९८ हजार ८ सय रुपैयाँमा झरेको छ भने तेजावी सुन ९८ हजार ३ सय रुपैयाँमा झरेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको थियो।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times