logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाइयो

    आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाइयो

    5.2K
    SHARES
    आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाइयो

    काठमाण्डौ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालनको समयसीमा बढाइएको छ।



    नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै आउँदो वैशाख २ गतेदेखि लागू हुने गरी आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाइएको जानकारी गराएको छ। राष्ट्र बैंकमा स्थापना भई सञ्चालनमा रहेको आरटीजीएस प्रणालीमार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने समयसीमा बढाइएको सूचनामा उल्लेख छ।

    अब यो प्रणाली माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १६ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। प्रत्येक शुक्रबार भने आरटीजीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।


    अर्थ चौतारी
  • बुधबार, १६ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved