images

मुक्तिनाथ विकास बैंकको सन्देशः समयसँगै परिवर्तनको आवश्यकता (भिडियोसहित)

  • जेष्ठ २३ २०७९, सोमबार
images

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले समयसँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङको साक्षरताकोे जनचेतनाका लागि सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।

भिडियोमा जसरी एक आमाले आफ्नो सन्तानलाई सानैदेखि हरेक पाइलामा साथ दिँदै बोल्न, हाँस्न, हिँड्न सिकाउँछिन्, त्यसगरी नै सन्तान ठूलो भएपछि उसको कर्तव्य पनि आफ्नो आमाको सहायता गर्नु हो भनेर देखाइएको छ। आमालाई नजानेका कुरा सिकाउनु जस्तै– डिजिटल बैंकिङको प्रयोग पनि सन्तानको कर्तव्य हो भन्ने सन्देश यस भिडियोले दिन्छ। सिकाइका लागि कुनै उमेरको सीमा नराख्दा साक्षरता बढ्छ।

images

अहिलेको युगमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न कारोबार डिजिटल बैंकिङमार्फत नै हुने गरेका छन्। कति व्यक्तिहरुलाई यो सहज लागे पनि धेरै वृद्धवृद्धा र सामान्य पढेका व्यक्तिका लागि भने डिजिटल बैंकिङ सोचेभन्दा गाह्रो हुन पनि सक्छ।

बैंकमा खाता र हातमा स्मार्टफोनको सहायताले विभिन्न काम जस्तै– भुक्तानी, रिर्चाज, फन्ड ट्रान्सफरजस्ता कार्य सजिलै एकै ठाँउमा बसेर गर्न सकिन्छ र यसको साक्षरताले सबैलाई फाइदा पुग्ने सन्देश यस भिडियोमार्फत बैंकले दिन खोजेको छ। यसका साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटकर्वमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

images