
-बिष्णु भट्टराई
‘श्रीमान श्रीमती एकै रथका दुई पांग्रा हुनू यो भनाई कुनै नौलो अवश्य होइन, तर भोगाईमा यसको गहिराइ कुनै समुन्द्रको गहिराईसंग तुलना गर्न सकिदैन। वैवाहिक जिवन सुखमय र खुशी रहनका लागी दुवै श्रीमान/श्रीमती एक अर्कामा ईमान्दार, वफादार, सहयोगी र मायालु हुनुपर्दछ। यो एउटा कुरा हो, अर्को श्रीमती या पारिवारिक जिवन खशी र सुखी हुन श्रीमान को महत्वपुर्ण भुमिका रहन्छ।
श्रीमानको सफलतामा श्रीमातीको महत्वपुर्ण भुमिका रहन्छ, त्यस्तै श्रीमती सफल हुनु/बनाउनुमा पनि श्रीमानको महत्वपुर्ण भुमिका रहन्छ।हिजोआज श्रीमान् श्रीमती वरावर हिस्सामा शिक्षित, कामकाजी तथा व्यस्त रहन्छन। महिलालाई वैवाहिक जिवन थप एक चुनौतिपनि हो परिवार, वालवच्चा आफ्नो करियर, आफ्ना चाहाना, खुशी इत्यादी सबै प्राप्त गर्नुमा श्रीमानको महत्वपर्ण योगदान रहन्छ। वर्तमान मोर्डन, स्वतन्त्र र आत्मनिर्भर को जमानामा जिवनसाथी आफै रोज्ने र खोज्ने ट्रेन्ड नै वसिसकेको समयमा एक ‘मागी विवाह’ सम्वन्ध निभाउन जाने स्वर्ग समान बन्छ भन्दा खासै पाच्य होला जस्नो त लाग्दैन तर जिवनमा श्रीमान र श्रीमती विच एकअर्कामा सम्मान र साथ कति महत्वपुर्ण हुन्छ भने कुरा शब्दबाटै खोल्न मन लाग्यो।
मागी विवाह उमेरमा केही अन्तर का साथै कहिल्लै नदेखेको र नभेटकेको केटासँग एकैचोटी वुवाआमाले आफन्तको जिम्मा लगाएको भरमा वैवाहिक जिवनको सुरुवात कस्को पो खास लाग्ला र ? विवाहको दिन मण्डपमा वस्दा म यति खुशी र हाम्रो वैवाहिक जिवन यस्तो हुन्छ भन्ने कल्पना सम्म गरेको थिइन, विवाह मण्डपमा नै उहाले मलाइ “तँ” सम्वोधन गर्नुभएको थियो । तर उहाँ देख्दा र भोग्दामा पृथक हुनुहुदोरहेछ भन्ने आजभोली महशुस गर्दैछु।
उहाँ र म पृथक नै थियौ, म देखेको प्याच्च वोल्ने, उहाँ देखेर, भोगेर र परेर पनि नवोल्ने, मेरो माइतिमा एकल परिवार सबैको एकै वोली, उहाँको परिवारमा छुट्टै व्यवहार भिन्न मतभिन्नता, त्यसैले सुरुवाती दिनमा हामीविच मा एकअर्कालाई वुझ्न समय नलागेको होइन, तर विस्तारै हामीले बुझ्याै उहाँले मलाई र मैले उहाँलाई। मलाइ मेरो क्षमता अनुसार आत्मनिर्भर वनाउने उहाँको चाहानाले आफैले धेरै दुख पाउनु भएको छ त्यो उहाँको गुन मैले कहिल्लै बिर्षन चाहान्न र सक्दिन पनि।
उहाँले मलाइ पढाउन खोज्दा, छोरा हुर्काउनुको कष्टदेखि लिएर पारिवारिक व्यवहार को कठीनाइ त थियो नै ‘स्वास्नि मत्यायो’ जस्ता दोषारोपण झेल्दा-झेल्दैपनि गन्तव्यमा पुग्न पाइला चालिरहनुभएको थियो। आर्थिक संकट पारिवारिक दोषारोपण देखि व्यवहारिक कठिनाईमा हामी दुवैले आँशु एक अर्कामा लुकाएर बाहिर खुशी हुन सिक्यौ।
पाइला चाल्दा चाल्दैपनि गन्तव्यमा नपुग्नुको पिडा म मा छँदै थियो, उहाँमा पनि श्रीमतीलाई केही बनाउँछु भन्ने मृगतृष्णा जागिरहेकै थियो । यो बिचमा हामीले घरप्रति भएका जिम्मेवारीहरु आफुले सकेसम्म पुरा गर्दै पाइला घिसार्दै गर्यौँ। हाल म निजामती सेवा अन्तर्गत ‘शाखा अधिकृत’ पदमा कार्यरत छु, यो पनि उहाँको म प्रतिको देन नै हो । यसरी श्रीमतीको लागी आफ्नो समय बिर्सेर इमान्दारिताका साथ सम्बन्धकाे बफादार भुमिका निभाइरहनु भएका मेरो पतिदेवलाइ म नमन गर्न चाँहान्छु । सम्वन्ध यसरी यहाँसम्म ल्याउनुमा मेरो भुमिका त छदै छ तर श्रीमानको पनि महत्वपुर्ण भुमिका रहेको छ।
सम्बन्धविच्छेद फेसनकै रुपमा रहेको अहिलेको समयमा श्रीमानकै कमजोरीका कारण सम्बन्धविच्छेदका घटना बढिरहेकै समयमा अदालतमा बसेर सम्बन्धविच्छेदका मिसिल पल्टाइरहँदा आफ्ना श्रीमानलाई भन्न मन लाग्छ धन्य पतिदेव………. यदि उहाँले पनि मलाई कदममा कदम नमिलाई जिवन छताछुल्ल पारीदिएको भए म पनि कुनै जिल्ला अदालतमा यस्तै सम्बन्धविच्छेद को मिसिल काखिमा च्यापेर सम्बन्धलाई विच्छेद गर्न अदालतका भ¥याङ चढिरहकी हुनेथिएँ …… जय पतिदेव…….
लेखिका हाल जिल्ला अदालत धनुषामा इजलास अधिकृतमा कार्यरत हुनुहुन्छ ।