images
images
images

राष्ट्रिय एजेन्डा, राम्रो दल, र सक्षम नेतृत्व, आजको आवश्यकता

  • कार्तिक १७ २०७९, बिहीबार
images
images

-काशीराम घिमिरे

विश्वमा जे जति परिवर्तन भएका छन् ती परिवर्तन हरू राजनीति परिवर्तनशील युवा र सचेत समूह बाटै नै भएका छन् । हरेक पटक आउने चुनावले नयाँ, नयाँ व्यक्तिको छनौट गर्ने गर्दछ। जुन व्यक्तिले देशमा नेतृत्वको जिम्मा पाउने गर्दछ। देश समाजले जहिले पनि नयाँ सक्षम नेतृत्व खोजेको हुन्छ । त्यो नेतृत्व छनौट चुनावबाटै सम्भव हुने गर्दछ। जसमा सचेत नागरिकहरूले अमूल्य मतदान गरी विजय गराएका हुन्छन्\।

images

त्यही विजय भएका चुनावमा चुनिएका व्यक्तिले देश हाँक्ने जिम्मा पाउने गर्दछन्। जसले समाजमा परिवर्तन ल्याउन सक्छन् । देशमा विकास साथै नयाँ परिवर्तन ल्याउन सक्छन् । त्यसैले चुनाव भनेको सक्षम नेतृत्व छनौट गर्ने एउटा परिपाटी साथै अवसर पनि हो जहाँ सक्षम व्यक्ति मात्रै छनौट हुन्छन् । ती व्यक्तिले मात्रै देशको मुहार फेर्न सक्छन्। जुन सचेत नागरिक बाट चुनिएका हुन्छन्।

हाम्रो देशमा राजनीतिले गर्दा धेरै परिवर्तन भएका छन् जहाँ राजनीति दल युवा वर्ग सचेत समूह बौद्धिक व्यक्तित्व समाजसेवी लगायत सबै व्यक्तिको उत्तिकै योगदान रहेको छ।तर जति देशमा परिवर्तन भएता पनि विकास निर्माण रोजगारी स्वास्थ्य शिक्षा क्षेत्रमा सोचेअनुसार परिवर्तन हुन सकिराखेको छैन ।विभिन्न चुनावमा नयाँ नयाँ नारा दिने दलहरूले देशमा झुक्क्याइ राखेका छन्।

देशका सक्षम र कर्णधार युवा पङ्ती बेरोजगार भई रोजगारीको खोजीमा बिदेसिन बाध्य छन्।दिनदिनै बिदेसिनेको तातिनै देखिन्छ। कृषि शिक्षा स्वास्थ्य पर्यटन क्षेत्रमा पनि त्यस्तै अवस्था देखिन्छ । अन्तर्राष्ट्रिय व्यापार घाट देशको बजेट भन्दा पनि बढी भैसकेको छ झन्डै २०खर्व साथै वैदेशिक ऋण देशको बजेटको हाराहारी बढी भई सकेको छ जसले देशको अवस्था झन् नाजुक बन्दै गएको पाइन्छ ।यहीँ अवस्थामा देशमा बैकहरूमा तरलताको अवस्था पनि झन् जटिल बन्दै छ।

स्वदेश भित्र उत्पादित कृषि बस्तुको आयातित अर्बमाथि छ । छिमेकी देशले चामल चिनी पिठो लगायत धेरै बस्तुमा विदेश निर्यातमा परिबन्द लगाउँदै छ। जसले गर्दा त्यो असर हाम्रो देशमा प्रत्यक्ष रूपमा पर्ने गर्दछ। यहीँ अवस्थालाई सुधार गर्न देशमा ऐले चुनाव आउँदै छ। जसमा नागरिकका अमूल्य मत बाटै सक्षम उम्मेदवारलाई विजय गराउनुपर्छ।

यो देशको अवस्थामा पनि राजनीति दलहरू निषेधको राजनीतिमा देखिएका छन् जसले देशलाई अवश्य पनि हित गर्ने छैन । एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमालेको बिच यो चुनावमा कडा टक्कर हुने देखिन्छ। तर पनि सक्षम नेतृत्व छनौट गर्नको लागि गठबन्धन गरेर मात्रै अवश्य पनि पुग्दैन किनकि चुनावमा त राम्रो खालको राष्ट्रिय एजेन्डा सक्षम व्यक्ति र राम्रो दल उम्मेदवार सचेत नागरिकहरूले खोजेका हुन्छन् ।

चुनावमा गठबन्धन गर्दा कुन दलको के एजेन्डा हो। के कस्तो एजेन्डा लागू हुने हो ।  चुनावी नारा के हो । कसरी नागरिकसँग मत माग्ने हो । घोषणापत्र अनुसार सरकार बनाउँदा कुन दलको लागू गर्ने र देशको आजको यो आवश्यकता हो । कि होइन त्यो बुझ् जरुरी देखिन्छ। खाली सत्ता र कुर्सीको लागि भन्दा देश र जनताको लागि लागु हुने ठोस खालको एजेन्डाहरू यो चुनावमा आउन जरुरी छ।

देशमा आजको आवश्यकता भनेको उद्योगधन्दाको विकास बेरोजगारलाई रोजगारी कृषिमा आधुनिकता उचित औजार मल बीउ सिँचाइ ,पर्यटन बाटोघाटोको विकास हाइड्रोपावरको विकास शिक्षा, स्वास्थ्यमा सबै नागरिकको पहुँच, आधुनिक शिक्षा प्रणाली गुणस्तरीय शिक्षा नागरिकका आधारभूत आवश्यकता अनुसार गाँस बास कपासको व्यवस्थापन साथै भूमिहीनलाई जमिनको व्यवस्था सम्पूर्ण नागरिकका अधिकारको सुनिश्चितता यो देशमा बैकहरूमा तरलताको व्यवस्थापन उद्योगधन्दा चलाउन व्यवसाय सञ्चालन गर्नको लागि ऋणको व्यवस्था गर्ने खालको उपयुक्त एजेन्डा यो चुनावमा जसको राम्रो खालको आउँछ उसैलाई मत दिनुपर्छ जसअनुसार राष्ट्रिय स्तर को मुद्दामाकुन दल राम्रो छ र सक्षम व्यक्ति र सही नेतृत्व दिने खालको देशले खोजेको व्यक्ति जुन दलमा छ उसैलाई नागरिकको अमूल्य मत दिनुपर्छ।

चुनावमा गठबन्धन गर्नु त आफू सत्ता र स्वार्थ र राजनीतिमा टिकिराख्ने खेल मात्रै हो । जसले गर्दा राम्रो व्यक्ति छनौट नहुन सक्छ। देश र जनतालाई झन् धोका हुनसक्छ। चुनावमा जान त आफ्नै घोषणापत्र हुनुपर्छ । चुनाव जिते पछि त्यसै अनुसार काम गर्न सक्नुपर्छ । यदि त्यो भएन भने कुनै अर्थ नै हुँदैन । त्यसैले यो चुनावमा सक्षम नेतृत्व राम्रो दल र देसलाई सञ्चालन गर्ने खालको एजेन्डा र व्यक्ति र राष्ट्रिय मुद्दामा कुन पार्टी अगाडि छ। उक्त पार्टी मात्रै रोजौँ सही घोषणापत्र र राम्रो दलले सक्षम नेतृत्वले मात्रै देशमा आर्थिक सामाजिक राजनीतिक शिक्षा स्वास्थ्य क्षेत्रमा विकास गर्न सक्छ। उद्योग धन्दाको विकास गर्न सक्छ देशको वर्तमान समस्यालाई हल गर्न सक्छ।

हाम्रो भन्दा अझै कम आर्थिक स्थिति भएका देशहरू सही नेतृत्वले गर्दा राम्रो योजनाले काम गर्दा धेरै विकसित भइसके तर हाम्रो देशका राजनीति गर्ने पार्टीहरू देश र जनता भन्दा पनि सत्ता स्वार्थका लागि आफै मात्रै टिक्नका लागी एका अर्कालाई गाली गलौज मा छन् । यो राम्रो सन्देश होइन । त्यसैले आगामी चुनावमा राम्रो दल विशेष र सक्षम युवा देशलाई हित गर्ने खालको नेतृत्व छनौट गरौँ । जसले हाम्रोजस्तो सुन्दर देसलाई झनै विकसित गर्न सक्छन् देशको मुहार फेर्न सक्छन्। जसले नागरिकका अधिकार सुनिश्चित हुन सक्छन् र सम्बोधन हुन्छन्।

त्यसैले आफ्नो एक अमूल्य मतले निकै राम्रो परिवर्तन गर्दछ। राजनीति समाजसेवा हो यहाँ राजनीतिलाई पेसा बनाइँदै छ। जनता झुक्क्याइँदै छ । राजनीतिमा भ्रष्टाचार बढ्दै छ यो नराम्रो प्रक्रिया रोक्नको लागि पनि सबै बुद्धिजीवी नागरिक समाज समाजसेवी युवा वर्ग सबै सचेत बनौँ । सबैले सक्षम पार्टी राम्रो एजेन्डा र राम्रो व्यक्ति मात्रै छनौट गरौँ।

images