images

एडीबीको सहयोगमा पीपीपी मोडलबारे प्रशिक्षण सुरु

images

काठमाण्डौ । नेपाल सरकारका विभिन्न निकाय र लगानी बोर्डको कार्यालयका अधिकारीहरूको दक्षता विकासका लागि आयोजना गरिएको चार दिने प्रशिक्षण सुरु भएको छ । लगानी बोर्डद्धारा एसियाली विकास बैंक (एडीबी)को प्राविधिक सहयोगमा आयोजना गरेको प्रशिक्षण कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।

 

images

प्रशिक्षण कार्यक्रमबाट सार्वजनिक–निजी साझेदारीका परियोजना तयारी, स्ट्रक्चरिङ, मार्केट साउण्डिङ्ग, विकासकर्ता छनौट तथा परियोजना व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि भइ पीपीपीका नवीनतम अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोगी हुने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रमको शुभारम्भका क्रममा आफ्नो मन्तव्य राख्दै लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डको कार्यालय पीपीपी परियोजना कार्यान्वयनका लागि विशिष्टीकृत निकाय भएको बताए । यहि कारण ऊर्जा र गैर उर्जा क्षेत्रका पीपीपी परियोजना सफलतापूर्वक अघि बढाउन परियोजना तयारी, जोखिम न्यूनिकरण, प्रोजेक्ट प्रोक्योरमेन्ट एवं कार्यान्वयन तथा सञ्चालनका सम्पूर्ण चक्रमा दक्षता र विशेषज्ञता आवश्यक पर्ने बताए ।

लगानी बोर्डले यस प्रकारका व्यवसायिक ज्ञान, दक्षता र विशेषज्ञता हासिल तथा उपयोग गर्दै पीपीपी परियोजनाहरूमा उपलब्धि हासिल गर्ने र उक्त ज्ञान, दक्षता, विशेषज्ञता तथा अनुभव संग्रहित गरी लगानी बोर्डलाई पीपीपी विशेषज्ञता केन्द्रको रूपमा विकास गरिने उनको भनाइ थियो ।

प्रमुख कार्यकारी अधिकृत भट्टले पीपीपी आफैंमा जटिल विषय रहेको चर्चा गर्दै जनशक्तिको दक्षता अभिवृद्धिमा एडीबीको सहयोगको प्रशंसा गरे । पीपीपी सर्टिफिकेसन प्रोग्राममा आधारभूत चरण, तयारी चरण र कार्यान्वयन चरण गरी तीन चरण समावेश छन् । यी तीनै चरणका कार्यक्रममा सहभागी भई उक्त चरणहरू सम्बन्धित ज्ञान प्रदर्शन गरेमा प्रमाणपत्र प्रदान गरिन्छ । अहिले आयोजना भैरहेको कार्यक्रम आधारभूत चरण अन्तर्गत हो ।

जसमा प्रशिक्षार्थी पीपीपी परियोजनाको एक जानकार सदस्यको रूपमा काम गर्नका लागि पर्याप्त ज्ञान र बुझाइ विकास गरिनुका साथै त्यसको परीक्षण गरी प्रमाणपत्र जारी गरिन्छ । व्यवसायिकताको प्रमाणपत्र प्राप्त गर्नका लागि यो चरणको ज्ञान र बुझाइ पूर्वशर्तको रूपमा रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा एडीबीको नेपालस्थित मिसनका राष्ट्रिय निर्देशक आर्नो कोश्वा तथा प्रशिक्षक अमनदीप सिंहले समेत सम्बोधन गरे । एडीबीका राष्ट्रिय निर्देशक कोश्वाले पीपीपी सम्बन्धी ज्ञान र दक्षता अभिवृद्धी गरी त्यसलाई राष्ट्रिय र क्षेत्रीय परिदृश्य अनुसार अभ्यास गर्न सकिने उल्लेख गरे । लगानी बोर्ड तथा सम्बन्धित मन्त्रालयहरूलाई पीपीपी सम्बन्धी क्षमता विकासमा यो तालिम कार्यक्रम प्रस्थान बिन्दु भएको भन्दै आगामी दिनमा पीपीपी परियोजना सम्बन्धी अवधारणा लगायतका विषयमा छलफल गरेका थिए ।

images