images
images
images

छात्रावासमा एक दिन

images
images

शनिवारको दिन जनकपुरको धार्मिक तथा पर्यटकीय सहरको काखमा अटल रूपमा रहेको गंगासागरमा रहेको पवित्रताले भरिएको जलमा भानुको किरणले स्पर्श गरिरहँदा नूतन अनुभूति जो कोहीलाई पनि हुन जान्छ । यही प्राकृतिक सुन्दरताले भरिएको जानकीधामलाई मानवीय त्रुटिले कुरूप बनाउँदै जाला भन्ने भयले स्वच्छता अभियानीहरुले स्वच्छ वातावरण राख्नका लागि यत्रतत्र छरिएर रहेको फोहोर व्यवस्थापन गर्न स्वच्छता अभियानीहरुको जमघट बढ्दै जाने क्रम चलिरहेको थियो । म पनि उक्त पुर्णित कार्यमा सहभागी जनाउने हेतुले उपस्थिति जनाएकी थिएँ ।

मेरा नयन सिधै करिब ८देखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरूको समूह माथि प¥यो । अनुशासित तवरमा लाइन बद्ध भएर गंगासागर प्राङ्गणमा प्रवेश गरेको उनीहरू अग्रजहरूलाई दण्डवत् गर्दै आफ्नो कार्यतर्फ उन्मुख देखिन्थे । जमघट पश्चात् सुरु गरिएको उक्त स्वच्छता अभियानमा संलग्न ती विद्यार्थीहरूले लगाएको ज्याकेट एकै किसिमको थियो भने पछाडि लेखिएको थियो “जनक छात्रावास” । अभियान भर मैले समय मिलेसम्म ती विद्यार्थीहरूलाई नियालिरहे अनि अन्त्यमा भएको परिचयात्मक कार्यक्रममा उनीहरूले दिएको उत्तरदायित्व सहितको परिचयले सायदै कसैको मन नलोभ्याउला ? उक्त दृश्य पश्चात् मेरो मनमा उनीहरूप्रतिको कौतुहलता जाग्नु स्वाभाविक थियो । सो सम्बन्धमा उनीहरू सम्बन्धित छात्रावासका वर्तमान अध्यक्ष श्रीकृष्ण दिक्षितज्यूबाट उनीहरूका बारेमा केही जानकारी प्राप्त गरे । उनीहरू प्रतिको हाम्रो रुचि देखेर अध्यक्षज्यूले उक्त छात्र वास भ्रमण गर्ने व्यवस्था मिलाइदिनुभयो । उक्त दिन छात्रावासको अवलोकन गर्ने अवसर प्राप्त ग¥यौँ ।

images

 

मोक्षद्धार भन्दा पछाडि र रामानन्द चोक भन्दा अगाडी अवस्थित रहेको जनजाति कल्याण आश्रम जनक छात्रावास र त्यहाँ रहेका विद्यार्थीका बारेमा गहिराइमा पुग्ने अवसर मिल्यो । हाल देश भरी १२ स्थानमा छात्रावास सञ्चालनमा रहेका छन्। उक्त छात्रावासमा दुर्गम क्षेत्रका जेहेन्दार एवं प्रतिभावान्जनजाती विद्यार्थीहरू आर्थिक विपन्नता र शिक्षा सहज पहुँच नभएका कारण बिचैमा अध्ययनलाई छोड्न बाध्य विद्यार्थीहरू, जहाँ शिक्षाको नाममा धर्म परिवर्तनलाई प्राथमिकता दिइएको छ, त्यस्ता ठाउँबाट केन्द्रित विद्यार्थीलाई विशेष ग्राहयता दिई स्थानीय तहको सिफारिसमा, अभिभावकको स्वीकृतिमा स्वधर्म संस्कृतिप्रति निष्ठावान्, चरित्रवाल, राष्ट्रभक्त एवं असल व्यक्तिका रूपमा सुयोग्य बनाउने कल्याण आश्रमको उद्देश्य रहेछ ।

 

उक्त छात्रावास मनकारी व्यक्तिको आर्थिक सहयोग तथा सामाजिक कार्यबाट सङ्कलित रकमबाट सञ्चालित छात्रावासका विद्यार्थीहरू आफ्नो दैनिक क्रियाकलाप आफै सम्पन्न गर्दछन् । पाहुना सत्कार देखि छात्रावासको प्राङ्गणमा रहेको मन्दिरको पूजापाठ आरती क्रिर्तन जस्ता सामाजिक, धार्मिक कार्यका साथै व्यवहारिक संस्कार सहितको शिक्षाको पूर्ण प्रयोग देख्दा लाग्छ कास, हाम्रा सन्तान पनि यस्ता छात्रावासमा राख्न पाए, एक दिन भर भए पनि उनीहरूसँग समय बिताइदिन पाए ?

मोबाइलप्रतिको लतबाट टाढा रहेर शैक्षिक र सामाजिक कार्यमा तल्लीन यी छात्रावासका बालकहरूको क्रियाकलाप निहालिसके पश्चात् मेरो मनमा हजारौँ सवालहरू सल्ल बलाउन लागे ।

 

हामीले हाम्रा सन्तानलाई शिक्षा दिने होडबाजीमा सबै भन्दा मंहगा विद्यालय छान्छौ तर कस्तो शिक्षा दिइन्छ भन्ने हेक्का राख्दैनौँ । घरैपिच्छे खोलिएका बोर्डिङ स्कुल र गल्ली पिच्छे सञ्चालनमा आएका कलेजले व्यवहारिक शिक्षा भन्दा पनि विद्यालयको संरचनाका आधारमा शिक्षालाई पैसासँग तौलिन्छन्।

 

शिक्षालाई उँभो लाग्ने व्यापारका रूपमा लिइएको नेपालका शैक्षिक संस्थाले हातमा थमाएका ए प्लसका खोक्रा प्रमाणपत्रलाई हामीले हाम्रा सन्तानको प्रगति मान्दछौँ, तर आत्मविश्वास र आत्मनिर्भरता विहीन शिक्षाले आफूलाई दैनिक गरिने क्रियाकलाप गर्न पनि असक्षम बनाइरहेको हाम्रा नयनले टुलुटुलु हेर्नु सिवाय अरू केही विकल्प देखिँदैन ।

 

यसका लागि प्रथमतः हामी अभिभावक नै जिम्मेवार ठहरिन्छौँ । अङ्ग्रेजी भाषा र आधुनिकताका नाममा खोक्रा आडम्बर भन्दा पनि हाम्रो वैदिक सनातन तथा संस्कार सहितको शिक्षा दिने मनोबल हामी आफै बनाउनु आवश्यक छ । सन्तानका लागि विद्यालय छान्दा संरचना भन्दा पनि व्यवहारिक शिक्षा दिने विद्यालय रोजेर सन्तान भर्ना गर्नु आवश्यक छ । दैनिक क्रियाकलापमा आफ्ना सन्तानलाई संलग्नता गराउन आवश्यक छ ता कि स्वयं आत्मविश्वास र आत्मनिर्भरता सृजना गर्न सकुन् । घोकन्ते विद्याका देखावटी प्रमाणपत्र भन्दा पनि दैनिक व्यवहारमा पोख्त हुनुका साथै आफै समस्याको समाधान गर्ने मानसिकता वृद्धि गराउनु आवश्यकता छ । राज्य, शैक्षिक नीति तथा शैक्षिक संस्थालाई दोष दिनु पूर्व घरमा हामीले जे सिक्छौँ त्यो सिकाउन आवश्यक छ । अरूलाई दोष दिनुभन्दा पहिला आफू बनौँ अनि सन्तानलाई व्यवहारिक शिक्षामा जोड दियौँ । बिदाको समयमा मोबाइल प्रयोग गर्न दिएर घरमै राख्न सहज मान्ने हामी अभिभावकले हप्तामा कम्तीमा आधा घण्टा भए पनि हाम्रा सन्तानलाई सामाजिक कार्यमा लाग्न प्रेरित गरौँ जसले सृजनशीलताका साथै आत्मविश्वास बढाउन मद्दत पुग्दछ ।

 

यी र यस्ता संस्कार सहित व्यवहारिक शिक्षा दिने शैक्षिक संस्थाहरू औँलामा मात्र गन्न सकिने अवस्थामा छन् । जसको संरक्षण राज्यले गर्न सकिरहेको छैन भने व्यापारिक उद्देश्यका साथ सञ्चालित शैक्षिक संस्थाहरूले एक तिर प्रविधिका नाममा मोबाइलप्रतिको लत बढाएको छ भने अर्कातिर आधुनिकताका नाममा हाम्रा सन्तानलाई आत्मनिर्भर भन्दा पनि कागजी प्रमाणपत्रमा सीमित राखेको छ । वर्तमान शिक्षाको अवस्था हेर्दा सतहीरुपमा हामी धेरै माथि छौँ तर स्वज्ञान भन्दा पनि सतही ज्ञानले स्वदेशमा स्वरोजगार भन्दा पनि राहदानी विभाग तर्फ हाम्रा पाइला धेरै सोझिन्छन् ।

लेखिका हाल जिल्ला अदालत धनुषामा इजलास अधिकृतमा कार्यरत हुनुहुन्छ ।

images