images

बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका जारी

  • चैत्र १० २०७९, शुक्रबार
images

काठमाण्डौ । नेपाल बीमा प्राधिरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ ।

प्राधिकरणबाट इजाजत प्राप्त बीकमको शाखा कार्यालय स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन आवश्यक रहेकोले बीमा ऐन २०७९ अनुसार निर्देशिका जारी गरिएको जनाएको छ ।

images

निर्देशिका अनुसार प्रत्येक बीमा कम्पनीले आफनो शाखा तथा उपशाखा कार्यालयबाट हुने बीमा व्यवसाय तथा सेवा प्रवाहलाई समन्वय गर्ने गरी प्रत्येक प्रदेशमा प्रदेश कार्यालय खोल्नु पर्नेछ ।

प्रदेश कार्यालय खोल्दा प्रदेश अन्तर्गतको कुनै जिल्लामा खोल्न सकिने र प्रदेश भित्रमा शाखा तथा उपशाखा कार्यालयहरुको मातहात रहने व्यवस्था गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

कम्पनी सञ्चालक समितिले सीमा तोकेर प्रदेश कार्यालयलाई आफ्नो प्रदेश अन्तर्गतका शाखा, उपशाखा निरीक्षण, सुपरिवेक्षण वा कर्मचारी सरुवा गर्ने अधिकार, बीमा बजारिकरण तथा कार्यालय व्यवस्थापन सम्बन्धी अधिकार दिइएको निर्देशिकामा व्यवस्था रहेको छ ।

प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालय खोल्नु अघि बीमकले त्यस सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नुपर्नेछ । बीमा कम्पनीहरुले कार्यालय खोल्नको लागि प्रस्तावित स्थानमा वित्तीय रुपले सम्भाव्य रहे वा नरहेको, बीमा सेवा पहुँचको अवस्था बस्तुनिष्ठ रुपमा तयार भए वा नभएको, आर्थिक तथा वित्तीय क्रियाकलापको बारेमा अध्ययन गर्नुपर्ने व्यवस्था रहेको छ ।

व्यवसायको लागि चुनौति र अवसरका साथै रणनैतिक योजना, शाखा स्थाथपना तथा विस्तारका लागि हुने पूँजीगत तथा अन्य खर्च र तीन वर्ष भित्रमा बीमा कारोबारबाट प्रस्तावित मुनाफामा सञ्चालन हुन सक्ने औचित्यपूर्ण आधारको बारेमा अध्ययन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

शाखा कार्यालयहरु खोल्नु अघि बीमा कम्पनीहरुले बीमा प्राधिकरणबाट स्वीकृति लिनु पर्ने व्यवस्था छ ।

images