images

बनाउँदा बनाउँदै के-के बनाएँ थाहा छैनः निर्देशक सुब्बा

images

काठमाण्डौ । नेपाली चलचित्र जारी प्रदर्शनमा आएको हप्ता दिन बित्नै लाग्दा चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन गरेको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी जारीका निर्देशक, कलाकारहरूले जारी प्रदर्शनमा आएपछिका दर्शकसँगका प्रतिक्रियाहरू सुनाएका हुन् ।

 

images

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र प्रदर्शनपछि दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए । उनले लिम्बू संस्कृतिसँग सम्बन्धित चलचित्र भएकाले काम गर्न केही कठिनाइ भएपनि आफू लिम्बू संस्कृतिसँग धेरै नजिक हुँदा सहज लागेको बताए । उनले सांस्कृतिक हिसाबले पनि आफूलाई अभिनय गर्न सहज भएको बताए ।

 

अभिनेत्री मिरुना मगरले अन्य चलचित्रमा अभिनय मात्रै हुने भएपनि जारीमा भने पात्रअनुसार भिजेर अभिनय गर्न पाएको बताइन् । उनले आफूले चलचित्रमा अभिनय गर्दा पात्रको विषयवस्तुलाई महसुस गरेर काम गरेकाले राम्रो प्रतिक्रिया पाइरहेको बताइन् ।

 

त्यस्तै अभिनेता विजय बरालले लिम्बू समुदायको कथावस्तुलाई चलचित्रमा उतारिएको त्यही अनुसारको पात्र बन्दा केही कठिनाइ भएको बताए । उनले लिम्बू भाषा बोल्नै नजान्नेलाई सबैभन्दा बढी लिम्बू भाषा प्रयोग गर्नुपर्ने पात्र बनाउँदा केही कठिनाइ भएको तर सिक्दै जाँदा सहजै अभिनय गर्न सकेको बताए ।

 

निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र रुपमा जीवन जिउने महिलाहरु लिम्बू समुदायमै रहेपनि उनीहरुको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु देखाउन खोजेको बताए । उनले महिलाहरुले पैतृक सम्पत्तिको उपभोग गर्न नपाउन्जेलसम्म अन्य स्वतन्त्रताको अर्थ रहँदैन भन्ने यथार्थलाई चलचित्रमा देखाउन खोजेको बताए ।

 

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा समेटिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतले अभिनय गरेका छन् । जारी नयाँ वर्षको दिन देशभर प्रदर्शनमा आएको थियो ।

images