images

फस्ट रिपब्लिक बैंकमा समस्या, जेपी मोर्गनले किन्ने

काठमाण्डौ । सिलिकन भ्यालीपछि अमेरिकामा अर्को बैंक समेत समस्याग्रस्त बनेको छ । अमेरिकाको फस्ट रिपब्लिकन बैंक समेत समस्याग्रस्त बनेको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

 

images

यससँगै, केही महिनाको अन्तरालमा अमेरिकाका २ बैंक समस्याग्रस्त बनेका हुन् । फेडेरल डिपोजिट इन्सुरेन्स कर्पोरेशनले आज सोमबार फस्ट बैंक समस्याग्रस्त बनेको पुष्टि गरेको छ । योसँगै, समस्याग्रस्त अवस्थामा पुगेको बैंक अमेरिकी बहुराष्ट्रिय वित्तीय कम्पनी जेपी मोर्गन एण्ड कम्पनीले किन्ने भएको छ ।

 

जेपी मोर्गनले बैंकमा रहेको डिपोजिटसहित सबै लगानी समेत किन्ने भएको हो । फस्ट रिपब्लिकन बैंक पछिल्लो केही महिनायता टाट पल्टिएको तेस्रो बैंक हो । यसअघि सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएको थियो ।

 

मार्चमा निक्षेपकर्ताले एकसाथ १०० अर्ब अमेरिकी डलर निक्षेप झिकेसँगै बैंकको सेयर ह्वात्तै घटेको थियो । कम्पनीको सेयर मूल्य ७५ प्रतिशतसम्म घटेसँगै समस्याग्रस्त अवस्थामा पुगेको हो । यस्तै, एकैपटक १०० अर्ब अमेरिकी डलर निक्षेप झिक्दा समेत बैंक समस्याग्रस्त बनेको हो । बैंकले सन–फ्रान्ससिसकोलाई आधार बनाएर सेवा दिइरहेको छ ।

images