images

एसीसी मेन्स प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट

images

काठमाण्डौ । एसीसी मेन्स प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट भएको छ ।

टियु मैदानमा मंगलबार भएको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो ।

images

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । गुलसनले एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक ७५ बलमा पूरा गरेका थिए ।

यस उपाधिसँगै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको छ । नेपालले यस अघि सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो ।

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।

समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।

images