images
images
images

हाउस अफ फेसनको एन भग–९ वैशाख २३ देखि, मोडलिङ गर्नेलाई अवसर

images
images

काठमाण्डौ । हाउस अफ फेसन (एचओएफ) ले एन भग ९ यही वैशाख २३ सुरु गर्ने भएको छ। फेसन र क्लोदिङ स्टोरको रुपमा सन् २०१२ मा स्थापित एचओएफले २३ गते पहिलो अडिसन गर्ने भएको हो। अडिसन गोल्फुटारस्थित ताज प्यालेसमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

 

images

अडिसनका लागि निर्णायक मण्डलमा कलाकार तथा मोडल अनुप विक्रम शाही, अभिनेत्री बेनिशा हमाल, एचओएफकी संस्थापक ओशिमा बानु, प्रबन्धनिर्देशक वासिम मलिक, अभिनेता आशीर्वाद बराल र रनवे कोच स्मिथ तामाङ रहनेछन्। व्यावसायिक र सुरुवाती प्रतिस्पर्धीलाई स्वागत गरिएको अडिसनमा प्रतिस्पर्धीहरुको अनुशासन, सम्भावना र मोडलिङ करिअरमा उनीहरुको समर्पणका आधारमा अब्बललाई छानिनेछ।

 

एन भग ९ तीन चरणमा हुनेछ। सुरुमा अडिसन, त्यसपछि ट्रेनिङ र इभेन्ट फिनालेसँगै यसको समापन हुनेछ। यसअघि एचओएफले एन भगका आठ सेसन सफलताका साथ सम्पन्न भइसकेका छन्। नीति शाह, नेहा बानु, आकाश श्रेष्ठ, सलिनमान बानिया, आयुषमान देशराज जोशी, रुबिना थापा, प्रियंका राम जोशी, समिम खान, आशीर्वाद बराल र धेरै अरुले आफ्नो मोडेलिङ यात्रा एन भगबाटै सुरु गरेको एचओएफले जनाएको छ।

images