images
images
images

दक्षिण एशियामै पहिलोपटक नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल आयोजना हुने

images
images

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ।

 

images

उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद र नेपाल चीन ओभरसिज एशोसिएसन सह आयोजकका रुपमा रहनेछन्। दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चीनिया पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दूतावासका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितिमा बोर्डमा भएको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालस्थित चिनियाँ दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

 

यस प्रकारको वोट रेस फेस्टिभल दक्षिण एशियामै पहिलो पटक आयोजना गर्न चिनियाँ पक्षले जानकारी दिएको छ। रेसका लागि चीनबाटै ८ वटा विशेषखालका वोटसहित अन्य सहभागीहरु नेपाल आउनेछन्। फेस्टिवलमा नेपालका सातैवटै प्रदेशबाट सहभागिता गराइनेछ।

 

कार्यक्रममा पोखरामा मेयर आचार्यले यस प्रकारको कार्यक्रमले नेपाल कै समग्र पर्यटनमा नयाँ आयाम थप्ने बताए। उनले यो कार्यक्रमले पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने बताए। बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले वोट रेस फेस्टिवलका माध्यमबाट पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए। त्रिपक्षीय सहकार्य तथा अन्य सरोकारवालाहरुको सहभागितामा हुने यो कार्यक्रमले धेरै पर्यटकलाई आर्कषित गर्नेसमेत उनको भनाइ थियो।

 

चिनियाँ दूतावासका डीसीएम वाङजिनले पोखरा चीनियाँ पर्यटकको लागि आर्कषक गन्तव्य भएको उल्लेख गर्दै यो कार्यक्रमका माध्यमबाट दुवै देशबीचको सांस्कतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताए। उनले यस प्रकारको कार्यक्रम दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उक्त अवसरमा फुड फेस्टिभलसमेत आयोजना गरिनेछ।

images