images

कित्ताकाट खोल्ने सरकारको निर्णय फिर्ता

images

काठमाण्डौ । कित्ताकाट खोल्ने भू–उपयोग नियमावली २०७९ को संशोधन प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फिर्ता भएको छ । गत बैशाख ५ गतेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको भएपनि मन्त्रालयबाटै फिर्ता भएको छ ।

पछिल्लो समय घरजग्गा कारोबार सुस्ताउँदा अर्थतनत्र संकटमा परेको भन्दै कित्ताकाट खुला गरेको अर्थमन्त्री प्रकाश शरण महत र प्रधानमन्त्री प्रचण्डले विभिन्न कार्यक्रमहरुमा बोल्दै आएका छन् । सोही अनुसार सरकारले गत बैशाख ५ गते बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको थियो ।

images

 

भु उपयोग सम्बन्धि नियमावलीमा पहिलो संशोधन स्विकृत गर्दै मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन् । भुउपभोग सम्बन्धी नियमावलीमा गरिएको संशोधनले अंशबन्डा, कित्ताकाट र घरजग्गा कारोबारमा सहजिकरण गर्ने मन्त्री शर्माको भनाइ थियो ।

 

सो निर्णय प्रमाणीकरण गरेर कार्यान्वयनका लागि भूमि मन्त्रालयमा पठाउनुपर्ने थियो । तर, वैशाख १२ मा कित्ताकाटसम्बन्धी विषय मन्त्रिपरिषद्अन्तर्गतकै आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको समितिका सचिव दिनेश भट्टराईले बताए । उनका अनसार नियमावली प्रस्ताव थप संशोधन गर्न फेरि मन्त्रालयमै पठाएको छ ।

 

अहिले भू–उपयोग नियमावलीमाथि संशोधन गर्न पुनः गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । भूमि व्यवस्थापन महाशाखाका अनुसार अझै सहज र सरल ढंगले गर्ने गरी भू–उपयोग नियमावलीलाई संशोधन गर्न फाइल फिर्ता पठाइएको छ ।

images