images

सातकाे अन्तिम काराेबार दिन नेप्सेमा ३.३४ अंककाे गिरावट, आधा अर्बकाे कारोबार

images

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार ३.३४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८३८.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ अंकले घटेर ३५३.०९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा ६० करोड रुपैयाँभन्दा कमको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूहमा हरियाली छाएको छ भने १० वटा समूहमा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.४३ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह ०.०५ प्रतिशतले बढ्दा जीवन बीमामा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ।

images

 

आज वित्त समूह सर्वाधिक ०.६७ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.५९ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.४९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२३ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, लगानी समूहमा ०.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०६ अंक, लघुवित्त समूहमा ०.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३२ र अन्य समूहमा ०.३२ प्रतिशतको गिरावट आएको छ।

 

यो दिन नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका २१ लाख ५ हजार ६५७ कित्ता सेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३.५२ रुपैयाँमा कारोबार भएका छन्। आज नेपाल टेलिकमको सर्वाधिक ३ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको २ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन शिवम सिमेन्टको १ करोड ८० लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ६२ लाख रुपैयाँ, कुमारी बैंकको संस्थापक सेयरको १ करोड ५९ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ५७ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ करोड २० लाख रुपैयाँ र एचआईडीसीएलको १ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

 

आज आत्मनिर्भर लघुवित्तको सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन फरवार्ड माइक्रोफाइनान्स र बाराही हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

images