images

विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्न अप्टिमिष्ट इन्टरनेशनल नेपालको वक्तृत्वकला र निबन्ध लेखन

images
काठमाण्डौ । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलल राष्ट्रिय स्तरको निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । देशभरका विभिन्न क्लबहरूबाट सहभागिता रहेको कार्यक्रम काठमाण्डौको गुह्येश्वरी मा.वि. सिनामंगलमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं. ९ का वडा सदस्य टेकराज अधिकारीले यस्ता कायर्क्रमले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्ने काम गर्ने हुनाले पनि यस्ता कार्यक्रमहरू अति नै आवश्यकता रहेको बताए । उनले बोल्ने र लेख्ने सिप बढाउन प्रतियोगिताले सहयोग गर्ने बताए ।
सो कार्यक्रमको संयोजक एवम् गुह्येश्वरी मा.वि.का प्रधानाध्यापक मेघ बहादुर वञ्जराले स्वागत मन्तव्य एवम् कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । निबन्ध लेखन प्रतियोगितामा सहभागी प्रथम पुरवि अधिकारी, द्धित्तिय प्रशंसा अधिकारी र तृतीय मुकेश ठाकुरलाई शिल्ड मेडल प्रमाण पत्र, अन्य पुरस्कार र सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र र पुरस्कार वितरण गरियो ।
साथै वक्तृत्वकला प्रतियोगितामा  प्रथम सिजन कार्की काठमाण्डौ, द्धित्तिय प्रिन्सा गिरी तुल्सीपुर दाङ र तेस्रो ऋीजोनि बानिया काठमाण्डौलाई संस्थाका गभर्नर पृथ्वीराज थापा र निवर्तमान  गभर्नर उदय कुमार निरौलाले शिल्ड मेडल प्रमाण पत्र र अन्य पुरस्कार वितरण गरेका थिए । संस्थाको बारेमा महासचिव प्रकाश घिमिरेले जानकारी गराएका थिए निर्णायक मण्डलीमा प्रबोध प्रभाकर रिजाल, श्याम योन्जन, मालती हमाल र पुष्प सापकोटा रहेका थिए । कार्यक्रम संस्थाको लेफ्टिनेन्ट गभर्नर रिना श्रेष्ठ ले सञ्चालन गरेकी थिइन् ।
नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनल  गभर्नर  पृथ्वीराज थापाको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो भने निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेको विवरणहरू अप्टिमिष्ट इन्टरनेशनल पठाउने समेत जानकारी गभर्नर थापाले दिए । अप्टिमिष्ट इन्टरनेशनले सन् १९२८ बाट यो कार्यक्रम गरिरहेको छ । सकारात्मक दृष्टिकोणद्वारा निर्देशित आशावादी जीवन दर्शनको प्रवर्द्धन गर्दै बालबालिका, किशोर–किशोरी तथा युवापिंढीको चौतर्फी विकासका निम्ति आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

images