images

नेप्सेमा २३.३९ अंकले उकालो, ८५ करोड बढीको काराेबार

images

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार २३.३९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४५.०१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४ अंकले ३५२.९४ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि हिजोको तुलनामा बढेर ८५ करोड रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

 

images

यो दिन अन्य समूह सर्वाधिक २.३७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.२८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७२ प्रतिशत, विकास बैंक समूहमा १.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५९ प्रतिशत, जलविद्युत समूहमा २.१९ प्रतिशत, लगानी समूहमा १.१२ प्रतिशत, जीवन बीमा समूहमा १.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८७ प्रतिशत, लघुवित्त समूहमा ०.९६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०३ प्रतिशत र व्यापार समूहमा ०.७१ प्रतिशतको बढोत्तरी भएको छ।

 

आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका २५ लाख ७७ हजार २१० कित्ता सेयर ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन शिवम सिमेन्टको सर्वाधिक ५ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ४ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको पनि ४ करोड ७४ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड ११ लाख रुपैयाँ, माई खोला हाइड्रोपावरको १ करोड ७३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ करोड ७१ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ६८ लाख रुपैयाँ, अपी पावरको १ करोड ४६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ करोड ४६ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

 

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन माई खोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

images