images

दक्षिण एसियामा जलवायु परिवर्तनका प्रभावबारे ३ दिने युवा सम्मेलन शुक्रबारदेखि

images

काठमाण्डौ । जलवायु परिवर्तनबाट प्रभावित दक्षिण एसिया क्षेत्रलाई यो संकट संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्देश्यले शुक्रवारदेखि राजधानीमा ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुन लागेको छ ।

विश्वका १४ देशका १०० युवाहरूको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैको लागि भलाई’ रहेको छ । ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँ र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा सहभागीहरुले जलवायु उत्थानशीलताका लागि नविनतम र अन्यत्र लागु गर्न सक्ने समाधानका उपायहरूको बारेमा छलफल गर्नेछन् ।

images

यो वर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको यो सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा आयोजना हुनेछन् भने युवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरूको आवाज समेटेर एउटा पैरवी पत्र अर्थात एडभोकेसी पेपर समेत जारी गरिनेछ ।

सम्मेलनको दौरानमा सिएनआई, नेपाल चेम्बर अफ कमर्स तथा सीउनआईवाईइएफ जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिबद्धता व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यवशायिक तथा निजी क्षेत्रले जलवायु परिवर्तनमा के कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा छलफल हुनेछ ।

सम्मेलनलाई सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभ भन्छन्, ‘एक्जियाटा समुहको वृहत रणनीतिक खाका अन्र्तगतको वातावरणिय, सामाजिक तथा सुशासन नीति अनुसार दीर्घकालीन महत्त्वको योजनामा हाम्रो समर्थन छ । यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशीलताका लागि आपसी सहकार्यको विकास गर्नेछ भने व्यवसाय र पृथ्वी दुवैलाई बाच्न सक्ने वातावरणको सिर्जना गर्न योगदान गर्नेछ ।’

सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडौँ रहेको छ भने स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन(एसडीसी), सेक्युरिटीपल, कोकाकोला, एनआइविल एस क्यापिटल, नेबिल वैक र इसिमोडले सम्मेलनलाई सहयोग गरेका छन् । यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेका छन् ।

images