images

भारतमा फेरि २ हजारको नोटबन्दी, बैंकमा भने सेप्टेम्बरसम्म साट्न पाइने

images

काठमाण्डौ । भारतमा फेरि नोटबन्दी गरिएको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले २ हजार दरका नोट नचल्ने निर्णय गरेको हो । आरबीआईले बिशेष सर्कुलर मार्फत २ हजार दरका नोट अबैध घोषणा गरेको हो ।

 

images

सन २०२३ को सेप्टेम्बरसम्म २ हजार दरका नोटहरु बैंकहरुमा जम्मा गरिसक्न पनि आरबीआईले सूचित गरेको छ । आम नागरिकले आफुसँग रहेको २ हजार दरका नोटहरु २०२३ सेप्टेम्बर ३० तारिखसम्म बैंकमा जम्मा गर्न सक्नेछन् । उनीहरुले २ हजार दरका नोट दिएर सटही सुबिधा समेत पाउनेछन् । मे २३ तारिख देखि नागरिकहरुले एक पटकमा २० हजारसम्मको नोट सटही सुबिधा पाउनेछन् ।

 

 

नोट सटहीका लागि कुनै पनि अतिरिक्त शुल्क पनि तिर्नुपर्ने छैन् । आरबीआईका अनुसार ३१ मार्च २०२३ सम्म बजारमा ३.६२ लाख करोड बराबरको २ हजार दरका नोट बजारमा छन् । सन २०१८ को मार्च ३१ मा २ हजार दरका ६.७३ लाख करोड नोट बजारमा थिए, जुन कुल नोट सर्कुलेशनको १० प्रतिशत हुन आउँथ्यो ।

 

भारतले सन २०१६ को नोभेम्बर ८ मा पाँच सय र एक हजार दरका नोटहरु बन्दी गरेको थियो । त्यसपछि सरकारले गुलावी रंगको दुई हजार र पाँच सय दरका नोट बजारमा ल्याएको थियो ।

images