images

थ्रीस्टारको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

images

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओमा आयोजना प्रभावित स्थानिय वासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैशाख ११ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित स्थानियले आज जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले स्थानिय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

images

 

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा स्थानीयले ४ लाख ९२ हजार ५ सय कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीया लगानीकर्ताले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

images