images

वर्षकै उच्च अंकले विदेशी लगानी भित्रियो– चैतमा ७ अर्ब ५५ करोड

काठमाण्डौ । चालु आर्थिक वर्ष भरीकै उच्च विदेशी लगानी (एफडीआई) चैतमा भित्रिएको छ । भन्सार विभागका अनुसार चैत मसान्तसम्म कूल ७ अर्ब ५५ करोड १० लाख ८० हजार रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको हो । खासगरी होटेल तथा पर्यटन, ऊर्जा र निर्माण क्षेत्रमा बढी विदेशी लगानी भित्रिएको विभागले जनाएको छ ।

 

images

यस्तो लगानी अघिल्लो वर्ष २०७८/७९ को चैतमा जम्मा १ अर्ब ८० करोड २० लाख रुपैयाँ बराबरको मात्र विदेशी लगानी भित्रिएको थियो । यद्यपि, सोही वर्षको असोज महिनामा ११ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को असोजपछि पहिलो पटक साढे ७ अर्बमाथिको विदेशी लगानी भित्रिएको हो । गत आर्थिक वर्षको भदौमा ६ अर्ब ३२ करोड २० लाख २० हजार रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । विदेशी लगानीमा सुधार आएसँगै मुलुकमा बिस्तारै लगानीको वातावरण बन्दै गएको नेपाल बैंकर्स संघ (एनबीए)ले जनाएको छ ।

images