images

आजसम्म नेशनल लाइफको सेयर खरिद गरे १४.५ प्रतिशत लाभांश पाउने

images

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ जेठ ११ गते लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज जेठ १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले वार्षिक साधारणसभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्न कम्पनीले ३५औं वार्षिक साधारण सभा जेठ २२ गते लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा बोलाएको छ ।

images

 

यस्तै, कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

images