images
images
images

कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा

images
images

काठमाण्डौ । कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि ३५ दिनको सूचना जारी गरी संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ।

images

अब यो सेयरमा ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र दररेट खुलाई खरिद आवेदन दिनुपर्नेछ।

images