images
images
images

हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड लगानी गर्ने

images
images

काठमाण्डौ । दक्षिण कोरियाली अटो कम्पनी ‘हुन्डाई’ले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ। कम्पनीले १०वर्ष (२०२३ देखि २०३२) को अवधिमा चरणबद्ध रुपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारीसाधन र वाहन प्लेटफर्मको आधुनिकीकरणमा थप प्रवेश गर्नेछ।

हुन्डाई मोटर इन्डिका एमडी तथा सीईओ उन्सू किम र आईएएस, एमडी÷सीईओ, गाइडेन्स भी विष्णु तमिलनाडुबीच तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा हस्ताक्षर भएको थियो। थङ्गम थेनारसु, अर्थमन्त्री; टीआरबी राजा, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्यमन्त्री; कृष्णन एस, आईएएस, अतिरिक्त मुख्य सचिव, उद्योग, लगानी प्रवरद्ध्न र वाणिज्य, तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो।

images

उन्सू किमले भने, ‘हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागका रुपमा, हामीले तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारका रुपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रुप दिएका छौँ। यसले हामीलाई हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरुमा उत्कृष्ट सुविधाहरू र प्रविधिहरु प्रदान गर्न मद्दत गर्नेछ। जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ।’

कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको छ। हुन्डाईले १ लाख ७८ हजार ब्याट्री जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्नेछ; ६ वर्षको अवधिमा प्रमुख राजमार्गहरुमा प्रमुख स्थानहरुमा १०० ईभी चार्जिङ स्टेसनहरु स्थापना गर्नेछ। यसमा ५ डुअल अल्ट्रा–फास्ट चार्जिङ स्टेसनहरु (डीसी १५०केडब्ल्यू+डीसी ६० केडब्ल्यू), १० सिंगल फास्ट चार्जिङ स्टेसनहरु (डीसी १५० केडब्ल्यू) र ८५ एकल फास्ट चार्जिङ स्टेसनहरु (डीसी ६० केडब्ल्यू) समावेश छन्।

हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक ८ लाख ५० हजार युनिटमा पुर्याउनेछ र श्रीपेरुम्बुदुरमा रहेको आफ्नो कारखानाबाट नयाँ विद्युतीय र आईसीई सवारीसाधन उत्पादन गर्नेछ।

images