images
images

मिश्रित निर्वाचन प्रणालीले संवैधानिक सकंट आउँछः देवीप्रकाश भट्टचन

images

काठमाण्डौ । मिश्रित निर्वाचन प्रणालीले संवैधानिक संकट आउने नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले बताएका छन् । सम्बोधनमा बोल्दै उनले भने, ३३ प्रतिशत महिला सहभागिता लाई कसरी हामीले व्यवस्थित गर्न भन्ने बारे संसदमा छलफल हुनुपर्ने बताए ।

 

उनले पानीजहाज कार्यालय व्यवस्थापन सहित संचालन गर्न देखि कलकत्ता बन्दरगाहमा वार्षिक २ अर्बको विदेशी मुद्रा बचत हुने भएकाले सरकारले आगामी बजेटमा समेट्नुपर्ने बताए । साथै उनले स्वदेशमा रोजगारी पैदा हुने आयोजना संचालन गर्नुपर्ने बताए । उनले सरकारले दीर्घकालीन विकास, काठमाण्डौको बढ्दो जनसङ्ख्या व्यवस्थापनका लागि आवश्यक पहल कदमी चाल्नुपर्न बताए ।

यस्तै बागलुङको ढोरपाटन, डोल्पाको शेफेक्सुण्डो र मुगुको रारा ताल क्षेत्रमा होटेल व्यवस्थापनका लागि आवश्यक काम गर्न सरकार सँग अनुरोध गरे । उनले पहाडी ११ जिल्लामा हेलिकप्टर सेवा सुचारु नभएको र जानै पर्ने भए गृह, नागरिक उड्डयन प्राधिकरणको अनुमति लिनुपर्ने व्यवस्था खारेज गर्न अनुरोध गरे ।

images