images
images
images

२१ कम्पनीले १७ अर्ब माथिको आइपिओ निष्काशन गर्दै, कसको कति (सूचिसहित)

images
images

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा २१ वटा कम्पनी आइपिओ निष्काशनका लागि अनुमतिको पर्खाइमा छन् । २१ कम्पनीले १७ अर्ब २६ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्दैछन् । यसमा पनि बुक विल्डिङ विधिबाट आइपिओ निष्काशनको तयारीमा रहेका दुई कम्पनीको आइपिओ रकम निर्धारण हुन बाँकी छ । उनिहरुको प्रिमियम निर्धारण हुने वित्तीकै यस्तो रकम थप बढ्ने छ ।

 

images

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिलले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्न आवेदन दिएका हुन् । सर्वोत्तमले २४ लाख कित्ता शेयर न्युनतम ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँको रेन्ज तोकेको छ । त्यस्तै रिलायन्सले ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्काशनका लागि न्युनतम ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँको रेन्ज तोकेको छ ।

जीवन बीमा क्षेत्रमा पहिलो पटक ४ वटा जीवन बीमा कम्पनीहरुले प्रिमियममा आइपिओ निष्काशन गर्दै छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ११२ रुपैयाँ प्रिमियम सहित २१२ रुपैयाँको दरमा २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । सिटिजन लाइफले १९० रुपैयाँ प्रिमियम सहित २९० रुपैयाँको दरमा तीन अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्दैछ । कम्पनीले कर्मचारीका लागि पनि आधार मूल्यमै आइपिओ निष्काशन गर्दैछ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १७६ रुपैयाँ प्रिमियम सहित २७६ रुपैयाँको दरमा तीन अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न बोर्डमा पुगेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि १५०.५५ रुपैयाँ प्रिमियम सहित २५०.५५ रुपैयाँको दरमा २ अर्ब ४० करवड ५२ लाख ८० हजार रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न थालेको छ ।

सोनापुर मिनरल एण्ड आयलले पनि स्थानीय बासिका लागि १२५ रुपैयाँ प्रिमियम सहित २२५ रुपैयाँ र सर्वसाधारणका लागि १४९.८४ रुपैयाँ प्रिमियम सहित २४९.८४ रुपैयाँको दरमा ३ अर्ब २ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । ‍

भगवती हाइड्रोपावर डेभलपमेन्टले समेत १६ रुपैयाँ प्रिमियम सहित प्रभावित र सर्वसाधारणका लागि १६ करोड ५८ लाख रुपैयाँ प्रिमियम सहित आइपिओ निष्काशन गर्दैछ । आइपिओ निष्काशनको पाइपलाइनमा रहेका २१ वटा कम्पनी मध्ये ८ वटा मात्रै जलविद्युत क्षेत्रका कम्पनी छन् । तीन वटा उत्पादन तथा प्रशोधनमुलक, ४ बीमा कम्पनी, एक लगानी र ५ वटा अन्य कम्पनीहरु रहेका छन् ।

पाइपलाइनमा रहेका कम्पनी

images