images

रिहा भए रेशम चौधरी, टीकापुरमा मारिने प्रहरी र बालकले पनि न्याय पाउनुपर्छ

images

काठमाण्डौ । टीकापुर हत्याकाण्डको आरोपमा जेल परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्। टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका हुन्।

 

images

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग बोल्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुने राज्यको दोष भएएको बताए।


सर्वोच्च अदालतको आदेश र कानुन मानेरै आफूहरू जेल बसेको बताउँदै उनले सरकारले नै गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुखद् भएको बताए। सत्य तथ्य सार्वजनिक गरी टीकापुरमा मारिने प्रहरी र अढाइ वर्षीय बालकले पनि न्याय पाउनुपर्ने उनले बताए।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि रेशम भूमिगत भएका थिए। भूमिगत रहँदै उनले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थिए।

प्रतिनिधिसभामा अत्यधिक बहुमतसहित निर्वाचित भएपछि रेशमले २०७४ फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरे। त्यसपछि सांसदको शपथ लिएका उनलाई पुन: कारागारमै लगिएको थियो भने उनलाई सांसदबाट निलम्बन समेत गरिएको थियो।रेशमलाई जिल्ला अदालत, कैलालीले २०७५ फागुन २२ गते गरेको फैसला उच्च अदालत, दीपायलले २०७७ पुस १९ गते सदर गरी जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने ठहर गरेको थियो।

रेशमलाई स्वागत गर्दै उन्मुक्तिकी नेता एलिजा गौतम

 

images