images

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको घोषणा

images

काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्।

 

images

‘केही समय अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गरिनेछ’, उनले भने। यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा सरकारको लिएको छ।

 

घरजग्गा खरिदबिक्री मूल्यलाई यथार्थपरक, व्यवस्थित र पारदर्शी बनाउन आगामी आर्थिक वर्षदेखि महानगरपालिका र उपमहानगरपालिकाबाट भौगोलिक सूचना प्रणालीबाट वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याइने महतले जानकारी दिए।

images