images

अब कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, रु. १०० अधिकृत पुँजीमै खोल्न सकिने

images

काठमाण्डौ । सरकारले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा अबदेखि शुल्क नलाग्ने घोषणा गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महताले यस्तो घोषणा गरेका हुन्। ‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ’, उनले भने।

images

न्यूनतम १०० रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी दर्ता गर्न सकिने कानुनी व्यवस्था गरिने पनि अर्थमन्त्री महतले बताए। अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी सरल र पारदर्शी बनाइने महतले जानकारी दिए।

images