images

त्रिभुवन विमानस्थलमा १ यात्रुको बिदाइ वा स्वागतमा बढीमा ३ जना जान पाउने

काठमाण्डौ । भीडभाड नियन्त्रण गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १ जना यात्रुको बिदाइ वा स्वागतमा बढीमा ३ जनामात्रै जान पाइने व्यवस्था गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएको हो।

 

आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संख्या बढ्दो क्रममा रहेको र आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनबाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले १ यात्रुका लागि बढीमा ३ जनामात्रै जान पाउने निर्णय गरेको सूचनामा उल्लेख छ।

 

स्थानको सीमितताका कारण व्यस्त समयमा यात्रुलाई बिदाइ वा स्वागत गर्न आउने आफन्त तथा मित्रजनको भीडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको र प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम हुनुका साथै यात्रुको सहज आवातजावतमा अवरोध सिर्जना भई यात्रु सेवासुविधा प्रवाहमा समेत प्रतिकूल असर परिरहेकोले यो निर्णय गर्नुपरेको सूचनामा उल्लेख छ।