images

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल विजयी

काठमाण्डौ । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल विजयी भएका छन्।

शनिबार भएको समाजको आठौं अधिवेशनमा भएको निर्वाचनबाट सेतोपाटीकर्मी सत्याल अध्यक्ष चुनिएका हुन्। उनले ६३ मत पाएर विजयी भएका हुन्।

यस्तै, उनका प्रतिस्पर्धी विष्णु क्षेत्रीले ४४ र तुलसी सापकोटाले २७ मत प्राप्त गरेका हुन्।

अध्यक्ष सत्यालको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ।

उपाध्यक्षमा सृजना घिमिरे, किरण दाहाल, महासचिवमा जयसिंह महरा, सचिवमा गुन्जन राज गिरी र सबिता शर्मा, कोषाध्यक्षमा अमुल थापा, सदस्यहरू कमलराज भट्ट, रोमन आचार्य, शीला तिमल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित भएका हुन्।

तस्बिर: निशा भण्डारी