images
images

मौद्रिक नीति ‘पर्ख र हेर’ भन्ने आसय सहित पुनरावलोकनको ढाडसमा आयो: बैंकर ज्ञवाली

images
images

काठमाण्डौ । नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले मौद्रिक नीति अपेक्षित अनि पर्ख र हेर भन्ने आसयसहितको आएको बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को लागि जारी गरेको मौद्रिक नीतिको प्रतिक्रिया दिँदै बैंकर ज्ञवालीले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले जिम्मेवारबोध सहित काम गरेर मौद्रिक नीति बनाएको उनको भनाई छ । ‘मौद्रिक नीति जिम्मेवारीबोध सहित काम गरेर बनाईएको छ । अपेक्षित अनि पर्ख र हेर भन्ने आसय सहित आएको देखिन्छ’–उनले सामाजिक फेशबुकमा लेखेका छन् । समस्याहरु पहिचान भइसकेको तर नियामकिय व्यवस्थामा नीतिगत परिवर्तन गर्नुपर्ने अवस्था भएमा केही पछी गरिने गरी पुनरावलोकन गरिने भन्ने वाक्यांश सहित ढाडस दिन खोजेको बैंकर ज्ञवालीले भनेका छन् ।

images

 

मौद्रिक नितिले कुनै खास नयां नितिगत व्यबस्थामा परिमार्जन गर्ने अपेक्षा गरिएको थिएन। बर्ष २०७९/८० को तेस्रो त्रैमासिक समिक्षा मार्फत केही बुँदाहरु मार्फत तत्कालीन समस्या समाधान गरिसकेको अबस्था र केही यता तरलता मा सहजता रहेका कारण नेपाल राष्ट्र बैंक थप खुकुलो हुन नचाहेको देखिन्छ । उनले लेखेका छन्,–‘समस्याहरु पहिचान भइसकेको तर, नियामकिय व्यवस्थामा नीतिगत परिवर्तन गर्नुपर्ने अवस्था भएमा केही पछी गरिने गरी पुनरावलोकन गरिने भन्ने वाक्यांश सहित ढाडस दिन खोजेको देखिन्छ ।’

 

यस्तै, आर्थिक वृद्धिदरको लक्ष्य सरकारको बजेट अनुसार नै आएको उनको भनाई छ । यद्यपि, यो चुनौति पूर्ण रहेको ज्ञवाली बताउछन् । मौद्रिक नीतिले कर्जा प्रवाहलाई प्रोत्साहन गर्न खोजेको उनको भनाई छ । ‘आर्थिक वृद्धिदरको लक्ष्य बजेटमै उल्लेख भएकाले मौद्रिक नीतिले बोलेको देखिन्छ । तर,चुनौतिपूर्ण छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह लाइ प्रोत्साहित गर्ने लक्ष्य लिएको देखिन्छ । आर्थिक वृद्धिदर बढाउन जरुरी पनि छ । तर, वर्तमान अवस्थाले गर्दा लक्ष्य पुरा हुने गरी उत्पादनशील क्षेत्रतर्फ कर्जा माग हुने अवस्था देखिँदैन’–ज्ञवालीले भनेका छन् ।