logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • आज ब्रेक सुबाट सुन निकालियो, भोलि मात्रै गाल्ने

    आज ब्रेक सुबाट सुन निकालियो, भोलि मात्रै गाल्ने

    78
    SHARES
    आज ब्रेक सुबाट सुन निकालियो, भोलि मात्रै गाल्ने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेक सुमा रहेको सुन निकालेको छ । सोमबार ब्रेक सुमा रहेको सुन निकालेको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

    उनका अनुसार सोमबार कार्टुनमा भएको सबै सुन निकालिएको छ । प्रतिकार्टुनमा २० वटा ब्रेक सु रहेको उनले बताए । महाशाखाका प्रमुख आचार्यले आज सुन छुट्याउने काम मात्रै भएको र मंगलबा सुन गाल्ने बताए । उनका अनुसार सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने छ ।

    त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनको भनाइ छ । सबै सरोकारवाला प्रतिनिधिको रोहबरमा सुन छुट्याएको उनले बताए । राजश्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । बरामद गरिएको सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो ।

    सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिइएको थियो ।


    अर्थ चौतारी
  • सोमबार, २९ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट